आस्था /आध्यात्म

कैलालीको ‘भाइरल झरना’मा फोटो खिच्ने क्रममा २१ वर्षीय युवक बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली, ७ भाद्र । कैलालीको खानीडाँडानजिकै रहेको पर्यटकीयस्थल ‘भाइरल झरना’मा फोटो खिच्ने क्रममा चिप्लिएर डडेल्धुरा घर भएका २१ वर्षीय खगीराज पन्त बेपत्ता भएका छन्।

लोक कल्याणकारी विज्ञापन

शनिबार दिउँसो झरनामा फोटो खिचाउने क्रममा पन्त अचानक चिप्लिएर तीव्र पानीको बहावमा खसेपछि बेपत्ता भएको बताइएको छ।

लोक कल्याणकारी विज्ञापन

घटनापछि उनको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको छ। तीव्र पानीको बहाव र जोखिमपूर्ण भू–बनोटका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

बिज्ञापन

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा चर्चित ‘भाइरल झरना’मा घुम्न तथा फोटो खिच्न जानेको संख्या बढ्दै गएको छ। झरनामा फोटो खिच्ने क्रममा हुने सम्भावित दुर्घटनाबाट जोगिन सावधानी अपनाउनुपर्ने देखिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन