बेंगलुरुमा एउटै कोठामा बस्दै आएका पृथ्वीराज र जानकी, घटनापछि पृथ्वीराज फरार

बेंगलुरु । कैलालीको धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरे र जानकी नाथ भारतको बेंगलुरुमा एउटै कोठामा बस्दै आएको दाबी गरिएको छ। उनीहरू करिब ३–४ महिनाअघि कोठा भाडामा लिएर सँगै बस्दै आएको र कोठा मालिकले उनीहरूलाई श्रीमान्–श्रीमतीका रूपमा बुझेर कोठा भाडामा दिएको बताइएको छ।
घटनाका क्रममा कोठामा बाहिरबाट चुक्कुल लगाइएको र कोठाको अर्को ढोकाबाट पृथ्वीराज बाहिरिएर सम्पर्कविहीन भएको दाबी गरिएको छ। घटनापछि उनको खोजी भइरहेको बताइएको छ।
उनीहरूको कोठा भाडासम्बन्धी सम्झौता (Agreement) समेत गरिएको बताइएको छ। यद्यपि, उनीहरूबीचको सम्बन्ध र घटनाको वास्तविक अवस्थाबारे सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।
पृथ्वीराज घिमिरेलाई कसैले देख्नुभएमा वा उनको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ। घटनाबारे थप विवरण तथा अनुसन्धानबाट वास्तविक अवस्था खुल्ने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
