सहयोग तथा उदार

रसुवा बाढीपीडितका लागि टीकापुर शान्तिनगर टोल विकास संस्थाको २० हजार सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै टीकापुर नगरपालिका–२, शान्तिनगर टोल विकास संस्था सीतापुरले पीडित नागरिकका लागि आर्थिक सहयोग गरेको छ।

लोक कल्याणकारी विज्ञापन

विपद्को यस कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिने उद्देश्यले संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूको एक्यबद्धता प्रतिनिधित्व गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० हजार रुपैयाँ सहयोग जम्मा गरिएको संस्थाले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

संस्थाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएको छ। साथै, पीडित परिवारको दुःखमा साथ दिनु सामाजिक दायित्व भएकाले संस्थाका सदस्यहरू एकजुट भएर सहयोगमा सहभागी भएको जनाएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन