टीकापुर

बाँसका गार्ड राखेर सूर्यपुर–खक्रौला सडकमा हरियाली विस्तार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २२ असोज । स्थानीयस्तरमा उत्पादन हुने बाँसको प्रयोग गरी टीकापुर नगरपालिका–८ अन्तर्गत सूर्यपुरदेखि खक्रौला भन्सार जोड्ने सडकखण्डमा हरियाली विस्तार गर्ने अभियान सुरु गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

सडक किनारमा रोपिएका बिरुवाको संरक्षणका लागि बाँसबाट गार्ड कभर निर्माण गरी सडकलाई हरियाली बनाउने अभियान थालिएको हो। बर्दिया जिल्लामा सञ्चालित ‘बी–ग्रुप’ नामक संस्थाले बिरुवा संरक्षणका लागि करिब २ सय वटा जाली र ३ सय वटा बिरुवा उपलब्ध गराएको छ।

लोक कल्याणकारी विज्ञापन

थप १ सय बिरुवा रोप्न वडा कार्यालयले चालु आर्थिक वर्षमा बजेट व्यवस्था गरेको वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिए। उनका अनुसार सडक किनारमा रोपिने बिरुवाको संरक्षणका लागि स्थानीय स्रोतबाट बाँसका गार्ड कभर निर्माण गरिनेछ।

बिज्ञापन

रोपिएका बिरुवाको नियमित हेरचाह तथा संरक्षणको जिम्मेवारी स्थानीय टोल विकास संस्थालाई दिइने वडाध्यक्ष ठकुल्लाले बताए। स्थानीय स्रोतसाधनको प्रयोग गरी सडक आसपास हरियाली विस्तार गर्ने अभियानले वातावरण संरक्षणसँगै सडकको सौन्दर्य बढाउने अपेक्षा गरिएको छ।

स्थानीयवासीले बाहिरबाट सामग्री ल्याउनुको सट्टा स्थानीयस्तरमै उपलब्ध बाँसको प्रयोग गरी बिरुवा संरक्षण गर्ने अभियान सुरु गरिएको भन्दै प्रशंसा गरेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन