प्रवास

भारतमा निधन भएका साउँदको परिवारलाई ५४ हजार रुपैयाँ सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली, १ कात्तिक । भारतको बेंगलुरुमा निधन भएका कैलालीका पदमबहादुर साउँदको परिवारलाई ५४ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

कैलालीको चुरे गाउँपालिका–२, कड्किरीमा जन्मिएका र हाल गौरीगंगा नगरपालिका–७ मा बसोबास गर्दै आएका साउँदको गत असोज ७ गते भारतको बेंगलुरुमा निधन भएको थियो। आर्थिक अभावका कारण उनको पार्थिव शरीर नेपाल ल्याउन कठिन भएपछि भारतमै अन्तिम संस्कार गरिएको थियो।

लोक कल्याणकारी विज्ञापन

साउँदको निधनपछि आर्थिक संकटमा परेको परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको थियो। अभियानबाट दुई दिनमा ५४ हजार २९५ रुपैयाँ संकलन भएको थियो। उक्त रकम असोज ३१ गते परिवारलाई हस्तान्तरण गरिएको अभियानमा संलग्नहरूले जनाएका छन्।

बिज्ञापन

सहयोग अभियानको नेतृत्व मनोज साउँद, ललित दियाकोटी, यशोदा साउँद र बिनोद साउँदले गरेका थिए। अभियानमा चुरे एकता प्रवासी समाजका पदाधिकारी, पत्रकार जगत नेपाली, देश–विदेशमा रहेका सहयोगदाता, आफन्त तथा शुभचिन्तकले आर्थिक सहयोग गरेका थिए।

अभियानमा सहभागीहरूले दुःखको घडीमा साउँद परिवारलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन