घटना

दिल्लीमा पटाका पड्किँदा १० वर्षीय बालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्ली, २४ कार्तिक । भारतको राजधानी नयाँदिल्लीस्थित नरेलामा हिजो बिहान दीपावली मनाउने क्रममा पटाकाको चपेटामा परेर १० वर्षीय बालकको मृत्यु भएको छ । परिवारका सदस्यहरूसँग घरबाहिर पटाका पड्काइरहेका बालकको स्काई सट पटाकाको विस्फोटबाट ज्यान गएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको नरेला क्षेत्रस्थित राजीव कोलोनीमा भएको घटनामा ऋषि नाम गरेका १० वर्षीय बालकको मृत्यु भएको हो । उनी राजीव कोलोनीको गल्ली नम्बर ७ का बासिन्दा थिए ।

लोक कल्याणकारी विज्ञापन

दीपावलीका अवसरमा परिवारका सदस्यहरूसँग घरबाहिर पटाका पड्काइरहेका बेला अचानक स्काई सट पटाका विस्फोट भएको थियो । विस्फोटबाट निस्किएको पटाकाको एउटा टुक्रा सीधै बालकको छातीमा लागेपछि उनी गम्भीर घाइते भएका थिए ।

लोक कल्याणकारी विज्ञापन
AD

घटनापछि परिवारका सदस्यहरूले तत्कालै उनलाई नजिकैको राजा हरिश्चन्द्र अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले स्वास्थ्य परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए ।

दीपावलीको खुसीयाली मनाइरहेको परिवारमा बालकको अप्रत्याशित मृत्युले शोक छाएको छ । चाडपर्वको उल्लास एकाएक रुवाबासीमा परिणत भएको यस घटनाले पटाका प्रयोगमा हुने सामान्य असावधानी पनि कति घातक हुन सक्छ भन्ने देखाएको छ ।

चाडपर्व खुसी साटासाट गर्ने अवसर भए पनि पटाका तथा आतसबाजी प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता यो घटनाले पुनः स्मरण गराएको छ । बालबालिकालाई पटाकाबाट टाढा राख्नुका साथै यस्ता विस्फोटक सामग्री प्रयोग गर्दा अभिभावकले विशेष निगरानी राख्नुपर्ने देखिएको छ ।

बिज्ञापन