टीकापुर

अब वडा नं. ४ वासीले आफ्नै घरदैलोमा सामाजिक सुरक्षा भत्ता पाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ भदौ । अब वडा नं. ४ वासीले आफ्नै घर दैलोमा सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । उक्त कुराको जानकारी वडा अध्यक्ष लालबीर चौधरीले मालिका समाचारलाई बताएका छन् ।


टीकापुर नगरपालिका वडा नं. ४ का सामाजिक सुरक्षा भत्ता पाउने क्षेत्राधिकार भित्रका जनताहरुले अब आफ्नै घरदैलौमा नै सामाजिक सुरक्षा भत्ता अर्थात बृद्धाभत्ता पाउने भएका छन् । पहिले भत्ता पाउने समयमा बिहानैदेखि लामो लाईन लागेर दिनभरि पर्खनु पथ्र्यो, कसैले त पालो नै नपाएर फकुर्न पथ्र्यो र फेरि अर्को दिनभरि लाईन लागेर बल्ल पाउने गर्थे । गर्मी याममा प्रचण्ड गर्मी र चिसो याममा जिउकमाउने चिसोले धेरै जसो उमेर पुगेका मान्छेहरु बेहोस हुने वा चक्कर आएर लड्न पुग्थे । अब आफ्नै घरदैलोमा भत्ता पाउने भएपछि उनीहरुको अनुहारमा खुशी देखिएको छ ।

बिज्ञापन


वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरीले भने, ‘हामीले धेरै पहिलेदेखि नै नेपाल बैक लिमिटेडबाट अर्को राष्ट्रिय स्तरको बैंकमा वडा वासीहरुको खाता सार्ने योजना भएको तर त्यसलाई केहि कारणवस हामीले गर्न सकेनौ तर अहिले निकै लामो प्रयासपछि कुमारी बैंकसंगको सहकार्यमा हामीले आजबाट वडामा सामाजिक सुरक्षा भत्ता अन्र्तगत पर्ने सबै वडा बासीहरुलाई बोलाएर कुमारी बैंकका कर्मचारीको सहकार्यमा खाता खोल्ने कार्य आरम्भ भएको र अब पाउने भत्ता वडामा र घरदैलोमा गएर नै बितरण गर्ने’, उहाँले बताउनुभयो । जो अपाङ्ग, हिडडुल गर्न नसक्ने, विरामी, अशक्त भएका व्यक्तिहरुलाई उनीहरुको घरमा नै गएर भत्ता दिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । साथै सामाजिक सुरक्षा भत्ता लिने सबैलाई समयमा नै वडामा आएर कुमारी बैंकमा खाता खोल्न हुन समेत आग्रह गरेका छन् ।


वडा नं. ४ थानापुर बस्ने हिंगवा थारु भन्छन्– ‘मलाई हिडडुल गर्न निकै समस्या हुन्छ, त्यसमा पनि हिडेर टीकापुर जानु पथ्र्यो, रिक्सामा जाने कहिले पैसा हुन्थ्यो, कहिले पैसा हुँदैन्थ्यो । बिहान गयो लाइन लागेर भत्ता पाउँदासम्म पूरा दिन नै जाने गथ्र्यो र घरमा आएर कुनै काम हुँदैन्थ्यो तर अहिले वडाले घरदैलोमा नै भत्ता वितरण गर्ने जुन योजना ल्याएको छ, यो निकै राम्रो र प्रशंसनिय योग्य कार्य छ, यसलाई छिटो लागु गर्नु पर्छ ।’


त्यस्तै वडा नं. ४ बागमारा बस्ने तुला देवी सिंह भन्छिन्– ‘आफू एक्लि महिला, उमेर पनि ८० काट्न थाल्यो, आँख देख्दैन, काम सुन्दैन, हिड्न सक्दैन । भत्ता लिने दिनमा कसैलाई साथमा लिएर जानु पर्छ, आफूलाई केहि थाह छैन, घरबाट नै अटो रिक्सा बोलाउनु पर्छ, जान–आउन नै धेरै खर्च भइहाल्छ, त्यसैमा दिनभरि लाग्छ, भोक लाग्छ, संगै लिएकोलाई पनि खुवानु नै परयो, अलिकता उसलाई संगै गएवाफत केहि खर्च दिनै परयो, जसमा आफ्नो धेरै पैसा खर्च हुने गरे’ उनी बताउँछिन् । अब वडाले हामी जस्ता बृद्धाहरुलाई घरमा नै ल्याएर भत्ता दिने व्यवस्था गरेको सुन्दा मलाई निंकै खुशी लागेको र टीकापुरको डौड–धूपको दुःख सधैंको लागि समाप्त भएकोले मन खुशी भएको उनले बताईन् ।


स्मरण रहोस कि यसअघि वडा नं. ४ का जनताले सामाजिक सुरक्षा भत्ता टीकापुर स्थित नेपाल बैंक लिमिटेडबाट लिने गर्थे, जहाँ अरु वडाका वासिन्दाहरु पनि त्यसै बैंकबाट भत्ता पाउने व्यवस्था भएकोले भत्ता पाउनेहरुलाई निकै पर्खाईमा बस्नु पथ्र्यो, दुःख–पिडा सहेर चर्को घाम र वर्षामा लाईनमा बसेर आफ्नो भत्ता लिने गर्थे । अब घरदैलोमा नै भत्ताको बितरण हुने व्यवस्था भएपछि वडा वासीलाई सुविधा हुने भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।