स्वास्थ तथा सरसफाइ

‘स्वच्छ टीकापुर सुग्घर टिकापुर’ अभियानले गरयो टीकापुरको सरसफाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ मंसिर । ‘स्वच्छ टीकापुर सुग्घर टिकापुर’ अभियानले टीकापुरको सरसफाई गरेको छ । टीकापुर नगरपालिका र मैनादेबी फाउण्डेसनको संयुक्त आयोजनामा टिकापुर नगरपालिका भित्रका विद्यालयहरूमा वातावरण क्लब गठनगरि यस नगरलाई सुन्दर, सफा र स्वच्छ बनाउने उद्देश्यले ‘स्वच्छ टीकापुर सुग्घर टिकापुर’ कार्यक्रम केहीदिनदेखि निरन्तर संचानलन भइरहेको छ ।


टीकापुर नगरपालिकामा यस कार्यक्रमको नेतृत्व मालिका समाचारका सम्वादाता तथा समाजसेवी निशान्त काफ्लेको समूहले गरिरहेको छ जसलाई टीकापुर नगरपालिका भित्रका विद्यालय तथा विद्यार्थीहरूले सहयोग गरिरहेका छन् ।
स्मरण रहोस यस फाउण्डेशनले नेपालका हरेक क्षेत्रहरुमा यस्ता कार्यक्रमहरुको सञ्चालन गर्दै आइरहेको छ, जसको नेतृत्व चर्चित सामाजिक अभियन्ता केपी खनालले गर्नुभएको छ ।

बिज्ञापन


टीकापुर क्षेत्रमा सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाउन र प्रत्येक विद्यालयलाई यसमा आवद्ध गराई कार्यक्रमलाई निरन्तरता दिन टीकापुर नगरपालिकाले सहयोग गर्दै आएको छ । प्रत्येक दिन एक विद्यालयबाट ७० जना विद्यार्थीहरु सहभागी हुने गरेका छन् त्यसै क्रममा आज कर्णाली स्कूलबाट ७० विद्यार्थीहरु सरसफाई कार्यक्रममा सहभागि भएका छन् । यस अघि यूनाईटेड र साईपाल स्कूलका भाइबहिनीहरु सरसफाई कार्यक्रममा सहभागि भइसकेका छन् ।


यस कार्यक्रमका नाराहरु रहेका छन्–
‘म बदलिए मेरो देश बदलिने छ’
‘हाम्रो देश स्वच्छ परिवेश’
‘सके सफा गरौ नसके फोहोरै नगरौं’
‘स्वच्छ टीकापुर सुन्दर टीकापुर’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।