कैलाली

महँगा मोटरसाइकल खरिद प्रकरणमा चर्चामा आएकी लम्की-चुहानगर प्रमुख पत्रकारलाई बन्धक बनाएको आरोपमा फेरि चर्चामा आइन्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ कैलाली जिल्लाको लम्की-चुहा नगरपालिकाकी नगर प्रमुख फेरि पत्रकारलाई बन्धक बनाएको आरोपमा चर्चामा आएकी हुन। यश अघि आफ्नै यमाहाको शोरुम बाट कार्यपालिकाको निर्णय गराएर महङ्गा मोटरसाइकल खरिद गराएको बिषयलाई लिएर चर्चामा आएकी लम्की चुहा नगरपालिकाकि नगर प्रमुख सुशीला शाही फेरि पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोपमा चर्चामा आएकी छ्न ।

कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङ गर्ने  लम्कीचुहा पुगेका थिए।
मेयर शाहीले नगरपालिकाको सवारी साधन प्रयोग गरि आफ्नो निजी निवास निर्माण  गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले  बताए।
शाहीले आफूलाई नजिकैको होटेलमा लगेर आफ्नो  मोबाइल र आफूलाई नियन्त्रणमा लिएर  मोबाइलमा खिचेका भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन्। यता, मेयर शाहीसँग सम्पर्क गर्न खोज्दा उनको मोवााइल स्वीच अफ आइरहेको छ। 
यसैबिच ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ।
सचिव जनक बिष्टले एक बिज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन्।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।