आस्था /आध्यात्म

सन्त निरंकारी मण्डलको नाममा नै कति सुन्दरता– ईश्वरीय ब्रम्ह कुमारी मिना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज, १७ असोज । सन्त निरंकारी मण्डलको नाममा नै कति सुन्दरता भएको कुरा ईश्वरीय ब्रम्हकुमारी मिनाले बताउनु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

गत १४ असोजमा नेपालगन्जमा आयोजित सन्त निरंकारी मण्डल नेपालको ३४औं वार्षिक साधारण सभामा उहाँले आज सन्त निरंकारी मण्डलले आफ्नो नाम जस्तै विश्वमा सुन्दर कार्य गरिरहेको छ, विश्व बन्धुत्वक र एक तत्वको सन्देशलाई संसारमा फैलाई रहेको छ, जुन अहिलेको भौतिक संसारलाई निकै खाँचो रहेको छ । वर्तमान समयमा मानव भित्र भौतिक वा आधुनिक विकासको कारण समाजमा दिन प्रतिदिन मानवबाट नैतिक र मानविय गुणहरु लोप हुँदै गइरहेका छन्, जसको कारण समाजमा हत्या, हिंसा, लडाई–झगडा, लुटपाट जस्ता अपराधिक गतिविधिहरु बढ्दै गइरहेका छन् । समाजको स्थिति दिनप्रति दिन बिग्रदै गइरहेको छ र मानव दुःखी, मानसिक तनावमा पिल्सदै गइरहेको छ । आजको यस आधुनिक भौतिक विकासको समयमा सम्पूर्ण मानव जगतलाई आध्यात्मिक ज्ञानको खाँचो छ ।

लोक कल्याणकारी विज्ञापन

आध्यात्मिक ज्ञानले हाम्रो स्वयंको परिचय गराउँछ, परम सत्यको परिचय गराउँछ, जसबाट हाम्रो स्वयंमको परिचयबाट र परम सत्यको परिचयबाट नै हामीभित्र अन्र्तनिहित मानविय मूल्यको विकास हुन्छ, जसलाई हामीले व्यवहारिक रुपमा उर्तादा हाम्रो जीवनले सुख, शान्ति र आनन्दको अनुभूति गर्दछ । यस्तै उत्कृष्ट कार्य यस सन्त निरंकारी मिशनले पनि गर्दै आएकोमा आफू निकै खुशी भएको धारणा राख्नुभयो ।

बिज्ञापन

आजको भौतिक विकासको युगममा मानवले जुन आफ्नो चर्म चच्छुबाट भौतिक वस्तुलाई देखिरहेको छ, त्यो सत्य होइन, केवल जुन अदृश्य छ जसलाई केवल ज्ञान चच्छुबाट मात्र देख्न सकिन्छ त्यही नै सत्यता, वास्तविकता र यर्थतता हो । आज मानव संसारको यस चकाचौधमा रुमल्लिएर आफूलाई बिर्सि सकेको छ । उसले आँखाले देखिने चीजलाई सत्य र वास्तविकता मानेर त्यसैमा अलमलि रहेको छ तर वास्तविक चीज त यो निराकार नै हो जसको कुनै आकार, रुप, रंग छैन, जुन सर्वत्र फैलिएको छ, जसको कहिल्यै नास हुँदैन, जसलाई केवल ज्ञान चच्छुले मात्र देख्न सकिन्छ उहाँ बताउनुभयो ।

वास्तवमा हामी भित्रको म भनेको कुनै साकार रुप होइन, त्यो निराकार रुप हो । त्यो आत्मा हो र परमात्माको अंश हो । यदि हामी सबैले यस सत्यता र यर्थाततालाई जान्ने हो भने परमात्मा परपिता र हामी सबै निराकारी आत्मा भित्र एउटा विश्व बन्धुत्वको भावना जागृत हुन जान्छ । जब हामी भित्र आन्तरिक जगतकोो स्वरुपको जानकारी हुन्छ तब हामी सबै एक परमपिता परमात्माका सन्तान र आत्मिक रुपमा विश्व बन्धुत्वको भावना हामी भित्र जागृति हुन्छ । जब बन्धुत्वको भावना जागृत हुन्छ तब एकापसमा प्रेम, स्नेह, एकत्वको भावना जागृत हुन्छ । त्यसपछि हामी भित्र रहेका आन्तरिक गुणहरु ज्ञान, शक्ति, प्रेम, आनन्द, सुख, शान्ति, पवित्रता जागृत हुन जन्छ र हाम्रो समाज सुख, शान्ति, समृद्धि हुन्छ । यसरी सबैले परिकल्पना गरेको, सबैले चाहेको राम राज्यको स्थापना हुन सक्छ । यस्तै कार्य यस निरंकारी मिशनले पनि गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै यस ३४औं वार्षिक साधारण सभाको उत्तरोत्तर प्रगतिको शुभ कामना र जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा उपस्थिति सम्पूर्ण जेष्ठ नागरिकहरुको जीवन स्वास्थ, शान्ति, समृद्धिले परिपूर्ण होस भन्ने कामना गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन