राष्ट्रिय समाचार

‘रिगल’काे आममाफीविरुद्धको रिटमा बिहीबार सुनुवाइ हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – हत्या अभियुक्त रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने भएकाे छ।

रिगलले खुँडा प्रहार गरेर हत्या गरिएका नेपालगन्जका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले आममाफीको निर्णयविरुद्ध गत आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

बिज्ञापन

उक्त रिटमाथि सुनुवाइ हुने गरी बिहीबारका लागि पेशी तोकिएको छ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न पनि माग गरेकी छन् ।

उक्त निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन ।

ढकालको खुकुरी प्रहारबाट २९ असार, २०७२ मा नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो ।

चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर, असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका रिगललाई आममाफी दिएका थिए।

रिगल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।