खेलकुद

बाबर आजमले दिए पाकिस्तान क्रिकेटको कप्तानबाट राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् ।

२०१९ मा पाकिस्तानी क्रिकेट टिमको कप्तानी सम्हालेका आजामले बुधबार सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन् ।

बिज्ञापन

भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि कतिपय आलोचकले उनको राजीनामा मागेका थिए ।
विश्वकपको सेमिफाइनल पुग्न नसकेको पाकिस्तानले समूह चरणमा ९ खेल मध्ये ४ खेलमा मात्र जित निकालेको थियो ।

बाबरले विश्वकपमा नौ खेलमा ३२० रन बनाएका थिए । पाकिस्तानका लागि तेस्रो उच्च रन बनाएका उनको ४० को औसत र ८२.९० को स्ट्राइक रेट थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।