आस्था /आध्यात्म

धनगढी सत्संग भवनमा क्षमायाचना तथा ब्याच बितरण सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २७ मंसिर । धनगढी सत्संग भवनमा क्षमायाचना तथा ब्याच बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रिय संचालक नर बहादुर बटालाको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रममा धनगढीका सेवादल जवानहरुलाई सन्त निरंकारी मण्डल केन्द्रीय कार्यलय दिल्लीबाट प्राप्त भएका सम्बन्धित सेवादल जवानहरुका ब्याच बितरण गरिएका थिए ।

बिज्ञापन

ब्याच वितरण गर्दै क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालाले कुनै पनि सेवा गर्दा निःस्वार्थ भावले गर्नु पर्दछ । सेवामा कुनै प्रकारको बन्धकारी मागहरु हुनु हुँदैन । सेवालाई आदेशमा रहेर गर्नु पर्दछ । यदि हामी सधैं आदेशको पालन गरेर सेवा गर्छौ भने त्यो सेवा स्वीकार्य हुन्छ तर आफ्नो मन मुताबिक, मनमर्जी चाहे जतिसुकै ठुलो सेवा गर्छौ भने त्यो स्वीकार्य हुँदैन । सेवालाई सानो–ठुलो नहेरेर आदेश आएको समय जस्तो सुकै सेवा गर्न तत्र्पर रहनु पर्दछ, उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो कि सेवा अनुशासन र गुरु मर्यादामा रहेर गर्नु पर्दछ । यदि हामी सेवा, सत्संग, सुमिरणलाई आफ्नो जीवनमा सधैं सही तरीकाले बराबर रुपमा गर्दै जान्छौ भने हाम्रो जीवन सुखी हुन सक्छ । सेवा तन, मन, धनले गर्न सकिन्छ । सेवालाई जहिले पनि आफ्नो जीवनको प्रमुख पाटो बनाउँदै जीवनलाई अगाडि बढाउनु पर्ने कुरा औल्याउनु भयो ।

क्षमायाचना तथा ब्याच बितरण कार्यक्रम सप्ताहिक सत्संगका बीच सम्पन्न भएको थियो जसमा जय बहादुर साउँद, नितेष, झंकर बहादुर विष्ट, रोशन ओड, प्रकाश साउँद, अर्जुन पार्की, करण सिंह ओड, दिपक, नन्दलाल, दिपेन्द्र साउँद, प्रकाश भण्डारी, गोरख भण्डारी, बजिर सिंह ओड, सरस्वती खड्का, ज्योति ठाकुर, सुनिता, पवित्रा साउँद, इन्द्रा र साथी, विष्णु माया र साथी, अर्चना र साथी, तुलसी जोशी आदिले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन कविराज रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।