खेलकुद

नेपालमा नहुने भयो विश्वकप छनोट, दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलको लागि खराब रहेको एएफसीकाे ठहर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौंडा । अन्तर्राष्ट्रिय फुटबलको लागि फिफाले अनुमति दिएको नेपालको एकमात्र रंगशालाको अवस्था खराब रहेको भन्दै नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल अब नेपालमा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दशरथ रंगशाला उपयुक्त नभएको पत्र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पठापछि एन्फाले एक स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता नेपालमा नहुने जनाएको हो ।

बिज्ञापन

एएफसीले चैत्र ८ मा नेपालको दशरथ रंगशाला तथा १३ गते बहराइनमा खेल हुने तालिका सार्वजनिक गरेको थियो ।

अब खेल न्युट्रल भेन्युमा हुने एन्फाले जनाएको छ । एएफसीले एकजना आफ्नो प्रतिनिधीलाइ रंगशालाको निरीक्षण गर्न लगाएको थियो । एएफसीको तर्फबाट रंगशाला निरिक्षणको लागि आएका मिन्दु दोर्जेले सोमबार रंगशालाको निरीक्षण गरेका थिए ।

रंगशाला निरिक्षण गर्दा खुसी नदेखिएका दोर्जेले अन्तर्राष्ट्रिय फुटबलको लागि हालको अवस्थामा दशरथ रंगशाला उपयुक्त नभएको जानकारी सहितको प्रतिवेदन एएफसीलाई बुझाएको थियो ।

घरेलु मैदानको खेल अब न्युट्रल भेन्युमा हुने भएपछि नेपाललाइ घरेलु दर्शकको साथ नहुने देखिएको छ । एन्फाले नेपाली फ्यानहरुलाइ दु:खको साथ यो खबर बताउनु परेको जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।