बिश्व

भारतमा बिजेपी एक्लैको बहुमत नपुग्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतमा मंगलबार बिहानदेखि लोक सभा चुनावको मतगणना भइरहेको छ।

लोक सभाका ५४३ सिटमध्ये अहिलेसम्मको परिणामअनुसार एक क्षेत्र बिजेपी नेतृत्वको एनडिएले जितिसकेको छ। 

बिज्ञापन

२८६ सिटमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ।

कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३४ सिटमा अघि छ। २४ सिटमा अरू दल अघि रहेका छन्।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार यसपालि भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने देखिएको छ। बिजेपी २४० सिटमा अघि छ।

सन् २०१९ को चुनावमा बिजेपी एक्लैले ३०३ क्षेत्र जितेको थियो। यसपालि ६३ सिट गुमाउने आकलन छ।

यहाँ सरकारको नेतृत्व गर्न बहुमतका लागि २७२ सिट जित्नुपर्छ।

कंग्रेसले अघिल्लो चुनावभन्दा झण्डै दोब्बर सिटले अघि छ। कंग्रेसले सन् २०१९ को चुनावमा एक्लै ५२ सिट जितेकोमा यसपालि ९४ सिटमा अग्रता लिइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।