टीकापुर

टीकापुरका करार र ज्यालादारीका कर्मचारी तलब नपाएको भन्दै धर्नामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुरः कैलालीको टीकापुर नगरपालिकाका करार र ज्यालादारीका कर्मचारी आन्दोलित भएका छन।

दुई महिनादेखि तलब नपाएको भन्दै उनीहरूले प्रमुख प्रशासनिक अधिकृतको कार्यालयमा धर्ना दिएका हुन्।

बिज्ञापन

नगरपालिकाका विभिन्न वडा कार्यालय, वडास्थित स्वास्थ्य संस्थाहरू र कार्यालयका विभिन्न शाखामा करारमा कार्यरत कर्मचारीहरूले काम छोडेर मुख्य कार्यालयमा पुगेर धर्ना दिएका छन्। स्थायी कर्मचारीहरूले महिनैपिच्छे तलब पाए पनि करार कर्मचारीले माघ र फागुनको तलब नपाएको उनीहरूको गुनासो छ। ‘वडास्थित विभिन्न कार्यालय र शाखाबाट हाजिरी प्रमाणित भई नआएका कारण माघ महिनाको तलब पठाउन ढिलो भयो,’ नगरपालिकाका लेखापाल देवीकृष्ण जैसीले भने, ‘प्रमुख प्रशासकीय अधिकृत बिदा बस्नु भएकाले तलब पठाउन सकिएको छैन।’ टीकापुर नगरपालिकामा १३८ जना करार तथा ज्यालादारी कर्मचारी छन् भने ८४ जना स्थायी कर्मचारी छन्।

नगरपालिकाका प्रशासकीय अधिकृत प्रमुख देवीप्रसाद आचार्यले नगरपालिकामा भएको निर्णयमा चित्त नबुझेको भन्दै कार्यपालिका सदस्यहरूले केही दिन यता अधिकृत मुख र प्रशासन शाखामा कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका कारण प्रशासनिक काम गर्न कठिनाइ भइरहेको बताए। आचार्यका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टीकापुरमा कामकाजका लागि खटाइएका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी कार्यालयमा पुगेका छैनन्। कार्यकक्षमा तालाबन्दीपछि प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी विदामा छन्।

स्थायी कर्मचारीहरूले समयमै तलब पाउने करार र ज्यालादारीका कर्मचारीलाई तलब नपठाउनु कार्यालयको हेपाहा प्रवृत्ति भएको कर्मचारी गुनासो छ। ती कर्मचारीहरू भन्छन्, ‘दुई महिनादेखि तलब पाएको छैन, प्रमुख प्रशासकीय अधिकृत बिदामा हुनुहुन्छ। नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदा कार्यपालिकाको बैठक बस्नुपर्ने, बैँक खाताहरूमा हस्ताक्षर परिवर्तन गर्नुपर्ने लगायतका काम गर्न एक हप्ताभन्दा बढी समय लाग्ने भएकाले हामी आत्तिएका छौं।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।