खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

८ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।

बिज्ञापन

नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् ।

नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हरायो ।बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भयो ।

पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएको छ ।

अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।

प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ ।

आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको खेल तालिका

अगस्ट २० : नेपाल र भारत

अगस्ट २२ : नेपाल र भुटान

अगस्ट २४ : नेपाल र बंगलादेश

अगस्ट २७ : बंगलादेश र नेपाल

अगस्ट २९ : भारत र नेपाल

अगस्ट ३१ : भुटान र नेपाल

नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।