टीकापुर

टीकापुरको रैनाबोझी झरनबाट गोहीको बच्चाको उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी। कैलालीको टीकापुर नगरपालिका–९ रैनाबोझी झरनबाट मगर गोहीको बच्चाको उद्धार गरिएको छ।

स्थानीयले रैनाबोझी झरनमा गोहीको बच्चा फँसेको जानकारी दिएपछि संरक्षणकर्मी भोजराज ढुङ्गानाले त्यसको उद्धार गर्नु भएको हो। उद्धार गरेर ल्याएको गोहीको बच्चालाई आज टीकापुर नगरपालिका–७ बैदी, डल्फिन संरक्षणस्थित पथरैया नदीमा सुरक्षित रुपमा छोडिएको ढुङ्गानाले बताए।

बिज्ञापन

उनका अनुसार उद्धार गरिएको गोहीको बच्चा यसै वर्षको हो। डेढ मिटर लम्बाइ रहेको बच्चा अब प्राकृतिक बासस्थानमा पुगेपछि खतरा नरहेको ढुङ्गानाले बताए।

पथरैया, काढा, मोहना नदीमा मगर र घडियाल गोहीको बसोबास रहेको छ। यस क्षेत्रमा प्राकृतिक रुपमै गोहीले बच्चा कोरल्ने गरेका कारण गोहीको सङ्ख्यामा बृद्धि भइरहेको बताइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।