राष्ट्रिय समाचार

अख्तियारले लियो पूर्वसभामुख महराको बयान 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ। भेपबाट सुन तस्करी गर्ने समूहसँग निकटता देखिएपछि आयोगले बिहीबार उनीसँग बयान लिएको हो । उनीसँग् ५–६ घन्टा बयान भएको आयोग स्रोत बताउँछ । 
उनले विमानस्थल भन्सारका तत्कालिन प्रमुख अरुण पोखरेललाई सुन रहेको भेप छुटाउन दबाब दिएको खुलेको थियो । जून विषयमा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि उनलाई पक्राउ गरी बयान लिएको थियो । तर, छुटाउन दबाब दिएपनि मिलेमतोको प्रमाण जुटाउन नसकेपछि मुद्दा चलाउन सकेको थिएन । उनका छोरा राहुल भने सो मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरी छुटिसकेका छन्। 
अख्तियारले यही विषयमा विस्तृत अनुसन्धान थालेको हो । 

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन