आस्था /आध्यात्म

कपिलवस्तुमा विशाल सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, ५ कार्तिक । कपिलवस्तुमा विशाल सत्संग सम्पन्न भएको छ ।


असोज ३० गतेका दिन कपिलवस्तुको गणेशपुरमा आयोजित विशाल सत्संगलाई सम्बोधन गर्दै कुल बहादुर के. सी. ले भन्नुभयो कि मनुष्य जन्म निकै दुर्लभ रहेको छ । यो जन्म बारबार पाईदैन, चौरासी लाख योनि काटी सकेपछि मात्र मानव योनिको प्राप्त हुन्छ । यो योनि भगवानले हामीलाई यसको जानकारी गर्नको लागि मिलेको हो । आत्मा परमात्माको अंश हो, आज अनेकौं भौतिक पदार्थमा रुमल्लिएर आत्मा परमात्माबाट बिछोडि रहेको छ, जसको कारण अनेकौ जन्ममा विभिन्न दुःख–कष्ट झेल्दै आएको छ । आज सत्गुरु माता सुदीक्षा जी महाराजले संसारका मानवहरुलाई ब्रम्हज्ञानको दात प्रदान गरेर अनेकौं जन्म–मरणको फेरोबाट छुटकारा गराई राख्नु भएको छ, उहाँले बताउनुभयो ।

बिज्ञापन


उहाँले अगाडि भन्नुभयो कि मानवको अमूल्य चोला पाई सकेपछि यस चोलामा हामीले के गर्नु पर्छ, के गर्नु हुँदैन भन्ने कुराको आत्म मन्थन गरेर मानव जीवनलाई सार्थक गर्न सकिन्छ उहाँले बताउनु भयो ।


सत्संग कार्यक्रममा राजु, सतिस, रागनी, राजेन्द्र, रिसा, राम अवतार (सिद्धार्थनगर), शिवांगी, राम प्यारे, शिवप्रसाद, सुधीराम, द्रोपती, पितम्वर, विन्दमति, राजेन्द्र,अम्बरदास जी (मुखी, ईटवा), रामु, बनारसी, अशोक (बलरामपुर), राम जी (बांसी), कृष्ण प्रसाद जी (व्यवस्थापक), श्याम बली (बनारस), रामचरन, सोनम, मिथलेश जी (बलरामपुर), श्याम सुन्दर, शौकीलाल (बांसी), सुरेन्द्रले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन बुन्देश्वर जीले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।