सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा वृद्ध दम्पतीमाथि लुटपाट, गहना र नगद चोरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बेदकोट नगरपालिका–५ पोल्खरीमा शनिबार राति चार–पाँच जनाको समूहले वृद्ध दम्पतीमाथि कुटपिट गरी गहना र नगद लुटेको प्रहरीले जनाएको छ।

कञ्चनपुर। बेदकोट नगरपालिका–५ पोल्खरीमा शनिबार राति चार–पाँच जनाको समूहले वृद्ध दम्पतीमाथि कुटपिट गरी गहना र नगद लुटेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार राति करिब २ बजेतिर घरभित्र पसेका लुटेराले ५७ वर्षीया द्वारिका पन्तको नाकको बुलाकी र कानका बाली चुँडेर लगेका छन्। कानको लोती समेत चुँडिएको छ। लुटेरा समूहले दुई तोला भन्दा बढी तौलका गहना र डेढ लाख रुपैयाँ नगद चोरी गरेको बताइएको छ।

जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार, कोठामा वृद्ध दम्पती मात्रै रहेको बेला उनीहरूलाई कुटपिट गरिएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।