मुगुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ५ जनाको ज्यान गयो

मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपले १७ दिनको अवधिमा एउटै वडाका ५ जनाको ज्यान लिएको छ ।
राराछायाँनाथ-१२ बामगाउँका ५ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रणबाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।

स्थानीय युवा आशिष देवकोटाका अनुसार मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानुदिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जाने अवस्था छ ।
मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शय्या छन् । लामो समयदेखि एक्स-रे मेसिन बिग्रिएको छ । आवश्यक औषधि र मेडिकल उपकरणको अभाव छ । अक्सिजन प्लान्टसमेत सञ्चालनमा छैन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
