कैलाली

लम्कीचुहा अस्पतालबारे मुख्यमन्त्रीको स्पष्टीकरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताललाई प्रक्रियागत रूपमा प्रदेश मातहत ल्याइएको स्पष्ट पार्दै छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्।

बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले कानुन तथा प्रचलित ऐनको दायराभित्र रही अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

बिज्ञापन

उनका अनुसार बलिया स्वास्थ्य चौकीबाट स्तरोन्नति हुँदै १५ शय्याको अस्पतालका रूपमा सञ्चालनमा आएको लम्कीचुहा नगर अस्पताल हाल ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भइसकेको छ। उनले अस्पताल सञ्चालनसँगै यसको दीर्घकालीन व्यवस्थापनमा प्रदेश सरकार गम्भीर रहेको बताए। साथै, अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने स्पष्ट पारे।आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमअनुसार प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति तथा क्षमता अभिवृद्धि गर्ने नीति अनुरूप बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरिएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।