आस्था /आध्यात्म

लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने  “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ । यो महोत्सव अन्तर्गत विभिन्न सांस्कृतिक, आध्यात्मिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालनका कार्यक्रम समावेश गरिएको छ 

चिनियाँ दूतावासको विशेष संयोजनमा आयोजना गरिएको यो कार्यक्रममा ठूलो संख्यामा चिनियाँहरुको उपस्थिति रहेको छ ।

बिज्ञापन

महोत्सवको पूर्वसन्ध्यामा बिहीबार साँझ स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । लुम्बिनीस्थित होटल बुद्ध माया गार्डेनमा आयोजित यो कार्यक्रममा यसको उद्देश्यका बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।

महोत्सव बिहीबार, शुक्रबार र शनिबार तीन दिन रहने छ । यो अवधिमा ध्यान, सांगीतिक प्रस्तुति र म्याराथनजस्ता कार्यक्रमहरू समावेश गरिएका छन् ।

आयोजकका अनुसार महोत्सवको दोस्रो दिन शुक्रबार बिहान ६ः३० देखि ८ः४० बजेसम्म मायादेवी मन्दिर नजिकै “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रममा विश्वभरका ध्यान अभ्यासकर्ता, बौद्ध धर्मावलम्बी तथा शान्ति प्रेमीहरू सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, शुक्रबार साँझ ५ः३० देखि ७ः३० बजेसम्म “लुम्बिनी पिस कन्सर्ट” कार्यक्रम लुम्बिनी स्क्वायर थिएटरमा राखिएको छ । कन्सर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ । संगीतमार्फत शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवको अन्तिम दिन शनिबार बिहान ६ः३० देखि १२ बजेसम्म “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन” आयोजना गरिने भएको छ । म्याराथन पवित्र उद्यान क्षेत्रमै सञ्चालन हुनेछ । यसमा देश–विदेशका धावकहरूको सहभागिता रहने जनाइएको छ । शारीरिक स्वास्थ्य र विश्व शान्तिको सन्देशलाई एकैसाथ जोड्दै म्याराथन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।