टीकापुर

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलालीः कैलालीको टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई  वर्गीकरण गरेर राख्न आग्रह गरेको छ। 

फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ। यसका लागि नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

बिज्ञापन

“सबै प्रकारको फोहर एकै ठाउँमा हुँदा त्यस्को व्यवस्थापनमा चुनौती मात्रै होइन, सुरक्षाका दृष्टिकोणले पनि सरसफाइकर्मीलाई समस्या हुने गरेको छ”, नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले भने, “त्यसो नहोस् भन्नका लागि नागरिकहरूलाई फोहरको वर्गीकरण गर्न सिकाइ हुने गरी गाउँटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।” टीकापुर–२ विजयनगरकी सुनिता विकले अबका दिनमा फोहरको वर्गीकरण घरबाट गर्ने जानकारी दिइन्। नगरपालिकाले ठाउँठाउँमा फोहर सङ्कलनको व्यवस्थापन गर्न आरती थापाले सुझाव दिए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।