खेलकुद

छैटौंपटक विश्वकप खेल्दै मेसी, अर्जेन्टिनाको टोली घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। लियोनल मेसी सन् २०२६ को विश्वकपमा अर्जेन्टिनाको कप्तानी गर्दै छैटौँ पटक विश्वकप खेल्ने भएका छन्।

३८ वर्षीय फरवार्ड मेसीले चार वर्षअघि कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो विश्वकप उपाधि दिलाएका थिए।

बिज्ञापन

बिहीबार प्रशिक्षक लियोनल स्कालोनीले सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा उनको नाम समावेश गरिएको हो।

हालसम्म २६ विश्वकप खेल खेलेका मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। अब उनी पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोसँगै पुरुष फुटबलमा छैटौँ संस्करणको विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउनेछन्।

एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेज, जसलाई २०२२ विश्वकपमा उत्कृष्ट गोलरक्षक घोषित गरिएको थियो, उनी पनि टोलीमा छन्। त्यस्तै म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज र टोटनहम हट्सपरका क्रिस्टियन रोमेरो पनि टोलीमा समावेश छन्।

लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र चेल्सीका एन्जो फर्नान्डेजसहित बेलायतमा आधारित पाँच खेलाडी टोलीमा परेका छन्।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ। अर्जेन्टिना समूह ‘जे’ मा रहेको छ। उसले आफ्नो पहिलो खेल क्यान्सस सिटीमा अल्जेरियाविरुद्ध १७ जुनमा खेल्नेछ। त्यसपछि डलासमा अस्ट्रिया र जोर्डनविरुद्ध खेल्ने तालिका छ।

मेसी सोमबार इन्टर मियामीको पछिल्लो खेलमा प्रतिस्थापन गरिएका थिए। क्लबका अनुसार उनी घाइते नभई बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानका कारण बाहिरिएका हुन्।

उनले अर्जेन्टिनाका लागि हालसम्म १९८ खेल खेलिसकेका छन्। यदि उनले टेक्सासमा होन्डुरस र अलाबामामा आइसल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल खेले भने उनले २०० अन्तर्राष्ट्रिय खेलको कीर्तिमान पूरा गर्नेछन्।

अर्जेन्टिनाको विश्वकप टोलीः

गोलकिपरः
हुआन मुस्सो (एट्लेटिको मड्रिड), जेरोनिमो रुल्ली (मार्से), एमिलियानो मार्टिनेज (एस्टन भिल्ला)।

डिफेन्डरः
लियोनार्दो बालेर्दी (मार्से), निकोलास टालियाफिको (लियोन), गोन्जालो मोन्टिएल (रिभर प्लेट), लिसान्द्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड), क्रिस्टियन रोमेरो (टोटनहम), निकोलास ओटामेन्डी (बेन्फिका), फाकुन्डो मेडिना (मार्से), नाहुएल मोलिना (एट्लेटिको मड्रिड)।

मिडफिल्डरः
लिएन्द्रो परेडेस (रिभर प्लेट), रोड्रिगो डी पाउल (इन्टर मियामी), भालेन्टिन बार्को (स्ट्रासबुर्ग), जियोभानी लो सेल्सो (रियल बेटिस), एसेकिएल पालासियोस (बायर लेभरकुसेन), एलेक्सिस म्याक एलिस्टर (लिभरपुल), एन्जो फर्नान्डेज (चेल्सी)।

फरवार्डः
जुलियन अल्भारेज (एट्लेटिको मड्रिड), लियोनेल मेसी (इन्टर मियामी), निकोलास गोन्जालेज (एट्लेटिको मड्रिड), थियागो आल्मादा (एट्लेटिको मड्रिड), जुलियानो सिमियोने (एट्लेटिको मड्रिड), निको पास (कोमो), होसे मानुएल लोपेज (पाल्मेइरास), लाउटारो मार्टिनेज (इन्टर मिलान)।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।