टीकापुर

उच्चस्तरीय छलफलपछि टीकापुर विमानस्थल सञ्चालनको बाटो खुल्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १ साउन। टीकापुर विमानस्थल सञ्चालनको प्रक्रिया अघि बढाउने विषयमा भएको उच्चस्तरीय छलफलपछि स्थलगत अनुगमन, निरीक्षण तथा आवश्यक प्राविधिक अध्ययन गर्ने निर्णय भएको छ।

टीकापुर विमानस्थल सञ्चालनका सम्बन्धमा प्रतिनिधिसभाका सभामुख देवराज प्रसाद (डी.पी.) अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा सम्बन्धित मन्त्रालयका सचिवहरूबीच छलफल भएको छ।

बिज्ञापन

छलफलका क्रममा विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार, प्राविधिक अवस्था तथा सञ्चालन सम्भावनाबारे समीक्षा गरिएको थियो। सोही आधारमा विमानस्थलको स्थलगत अनुगमन, प्राविधिक निरीक्षण तथा विस्तृत अध्ययन सम्पन्न गरी सञ्चालन प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ।

लामो समयदेखि सञ्चालनमा आउन नसकेको टीकापुर विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने विषय स्थानीयवासी तथा सरोकारवाला निकायको प्राथमिकतामा रहँदै आएको छ। विमानस्थल सञ्चालनमा आए कैलालीसहित सुदूरपश्चिम प्रदेशको आवागमन सहज हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

सरकारले प्राविधिक अध्ययनको प्रतिवेदनका आधारमा आवश्यक निर्णय गर्दै विमानस्थल सञ्चालनको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।