स्वास्थ्य

नेपाल फार्मेसी परिषद्को नेतृत्वमा डा. कादिर आलम, पद तथा गोपनीयताको शपथ ग्रहण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २० साउन । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सरकारले परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूको छनोट प्रक्रिया पूरा गरेपछि डा. आलमलाई उक्त जिम्मेवारी प्रदान गरेको हो। नियुक्तिसँगै उनले परिषद्को नेतृत्व सम्हाल्दै आगामी कार्यदिशाबारे प्रतिबद्धता व्यक्त गरेका छन्।

शपथ ग्रहण कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल फार्मेसी परिषद्ले औषधि तथा फार्मेसी क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनले परिषद्को कामकारबाहीलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउँदै फार्मेसी शिक्षा, औषधि सेवा र पेशागत मापदण्डलाई अझ सुदृढ बनाउन निर्देशन दिइन्।

मन्त्री मेहताले गुणस्तरीय औषधि सेवा सुनिश्चित गर्दै स्वास्थ्य प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न परिषद्को भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन्। उनले बदलिँदो स्वास्थ्य क्षेत्रको आवश्यकता अनुसार परिषद्ले प्रभावकारी नीति, अनुगमन र समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

नवनियुक्त अध्यक्ष डा. आलमले आफूलाई प्राप्त जिम्मेवारी इमानदारी र व्यावसायिक प्रतिबद्धताका साथ निर्वाह गर्ने बताएका छन्। उनले फार्मेसी क्षेत्रको संस्थागत विकास, पेशागत मर्यादा, नियामक प्रणालीको सुदृढीकरण तथा गुणस्तरीय औषधि सेवाको प्रवर्द्धनका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।