माथिल्लो त्रिशूली–१ आयोजनाबाट उद्धार गरिएका कैलालीका टीकापुर सहित १३ जनालाई घर फर्काउने तयारी

टीकापुर, १३ भाद्र । रसुवा जिल्लाको मैलुङ क्षेत्रमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका कैलालीका १३ जना कर्मचारी तथा कामदारलाई सुरक्षित रूपमा घर पठाउने तयारी भइरहेको छ।
उद्धार गरिएका उनीहरूलाई काठमाडौँ ल्याइसकिएको र आ–आफ्नो गन्तव्यसम्म सुरक्षित रूपमा पुर्याउन आवश्यक समन्वय भइरहेको कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले जानकारी दिएका छन्।
उद्धार गरिएकामध्ये टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकाका १३ जना छन्। उनीहरूसहित बाँके, बर्दिया, कञ्चनपुर, लमजुङ र दोलखाका व्यक्तिहरूलाई समेत आयोजनाबाट उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ।
ज्ञवालीले विपद्को कठिन परिस्थितिमा उद्धार तथा व्यवस्थापनमा सहयोग गर्ने सम्बन्धित निकाय, सुरक्षाकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन्।
उद्धार गरिएका सबैको सुरक्षा, स्वास्थ्य तथा घर फर्कने व्यवस्थालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको उनले बताएका छन्।
उद्धार गरिएका कैलालीका १३ जनाको विवरण
१. जितमान चौधरी — टीकापुर नगरपालिका–५
२. अनिषकुमार डंगौरा थारु — टीकापुर नगरपालिका–६
३. प्रदेशी चौधरी — टीकापुर नगरपालिका–५
४. गौरव चौधरी — जानकी गाउँपालिका–७
५. सरोजकुमार चौधरी — भजनी नगरपालिका–१
६. लक्ष्मण डंगौरा — भजनी नगरपालिका–१
७. आकाश डंगौरा — भजनी नगरपालिका–१
८. शुधराम थारु — भजनी नगरपालिका–८
९. सन्तोष चौधरी — भजनी नगरपालिका–१
१०. रामस्वरुप चौधरी — भजनी नगरपालिका–१
११. बालकृष्ण चौधरी — टीकापुर नगरपालिका–९
१२. प्रेमबहादुर डंगौरा — भजनी नगरपालिका–१
१३. छुनुकराम डंगौरा — जानकी गाउँपालिका–७
परिवारजन वा सम्बन्धित व्यक्तिलाई थप जानकारी तथा समन्वय आवश्यक परेमा उपलब्ध सम्पर्क नम्बरमार्फत जानकारी लिन आग्रह गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
