टीकापुर

रसुवा बाढीपीडितका लागि टीकापुरमा राहत संकलन अभियान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १५ भाद्र । रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन गर्ने उद्देश्यले टीकापुरमा राहत संकलन अभियान सञ्चालन गरिएको छ।

अभियानमा स्थानीय बजारका व्यापारी तथा सर्वसाधारणले उत्साहपूर्वक सहयोग गरेका छन्। कसैले बोरा, कसैले कार्टुन तथा कसैले बाढीपीडितका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराएका छन्। सहयोगीहरूले आफ्नो व्यवसायबाट मात्र नभई मानवीय भावनाबाट प्रेरित भएर राहत सामग्री प्रदान गरेको अभियानमा सहभागीहरूले बताएका छन्।

संकलन गरिएको राहत सामग्रीले पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य आवश्यकतामा केही राहत पुग्ने विश्वास गरिएको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण घर, खाद्यान्न तथा आफन्त गुमाएका परिवारहरू अहिले कठिन परिस्थितिबाट गुज्रिरहेका छन्।

अभियानमा सहभागीहरूले सुरक्षित अवस्थामा रहेका नागरिकले विपद्मा परेका परिवारको पीडालाई आत्मसात् गर्दै आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले सानो–सानो सहयोगले पनि पीडित परिवारको चुल्हो बाल्न, भोक मेटाउन र विपद्को कठिन समयमा आशाको अनुभूति गराउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

राहत संकलन अभियान आज पनि निरन्तर सञ्चालन हुने जनाइएको छ। आयोजकहरूले मानवताको यस अभियानमा सहभागी भई बाढीपीडितका लागि सहयोग गर्न बजारवासी तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।