सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज अठवाली मनाइँदै

अत्तरिया, १८ भाद्र । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ।
दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा देवीको पूजा तथा जात्रा आयोजना भइरहेका छन्। कैलाली र कञ्चनपुरमा रहेका पहाडी समुदायले पनि विभिन्न स्थानमा गौरा पर्व मनाइरहेका छन्।
अष्टमीका दिन शिव–पार्वतीको पूजा गर्ने, देउडा खेल्ने तथा धार्मिक, सामाजिक र समसामयिक विषयमा गीतमार्फत आफ्ना भावना साटासाट गर्ने परम्परा छ।
रोजगारी तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका मानिसहरू पर्व मनाउन गाउँ फर्किएपछि गाउँघरमा चहलपहलसमेत बढेको छ।
सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको गौरा पर्व नेपालमा मात्र नभई भारतको उत्तराखण्डस्थित कुमाउँ र गढवाल क्षेत्रमा पनि विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परासहित मनाउने गरिन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
