घटना

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको जलेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन, २६ भदौ । चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान करिब ६ बजे उक्त घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगो लागेको थियो।

आगलागी हुँदा एक जना कारभित्रै रहेका थिए। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जनाको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।

आगलागीका कारण कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।