राष्ट्रिय निर्वाचन

दशैंमा निर्दोष पशुको बलि रोक्न सांसद तामाङको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैंका बेला हुने पशुबलिका क्रममा पशुपन्छीमाथि हुने क्रूर व्यवहार रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

लोक कल्याणकारी विज्ञापन

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले दशैं मानिसका लागि उत्सव भए पनि धेरै पशुपन्छीका लागि पीडादायी बन्ने गरेको बताइन्। उनले धार्मिक आस्थाका नाममा पशुपन्छीमाथि हुने हिंसात्मक व्यवहार अन्त्य गर्नुपर्ने धारणा राखिन्।

लोक कल्याणकारी विज्ञापन

उनले दशैंमा धार्मिक आराधना र संस्कारभन्दा खसी, बोका तथा राँगा काट्ने विषयले बढी प्राथमिकता पाउने गरेको टिप्पणी गरिन्। पशुपन्छीलाई कुटपिट गर्ने, लखेट्ने तथा अन्य क्रूर व्यवहार गर्ने क्रम रोक्नुपर्ने उनको भनाइ थियो।

लोक कल्याणकारी विज्ञापन

नेपालमा पशु कल्याणसम्बन्धी कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै तामाङले सरकारसँग प्रश्न गरिन्। पशुपन्छीबाट मानिसले लाभ लिने मात्र नभई उनीहरूको संरक्षण र कल्याणमा समेत ध्यान दिनुपर्ने उनले बताइन्।

पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रणका लागि विद्यमान नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनसँगै आवश्यक सुधार गर्नुपर्नेमा उनले जोड दिइन्। दशैंजस्ता धार्मिक तथा सांस्कृतिक पर्वमा समेत पशु कल्याणको विषयलाई प्राथमिकतामा राख्दै निर्दोष पशुपन्छीको अनावश्यक हिंसा र बलि रोक्न सरकार गम्भीर हुनुपर्ने उनको माग छ।

लोक कल्याणकारी विज्ञापन
AD