सोरहश्राद्धको अवसरमा टीकापुरका सीमाविहीन बालबालिकालाई प्रसाद

टीकापुर, १७ असोज । सोरहश्राद्धको अवसरमा टीकापुरमा अभिभावकविहीन बालबालिकालाई प्रसादस्वरूप दही, जेरी र पुरी खुवाइएको छ।


दिवंगत आफन्तको सम्झनामा टीकापुरस्थित सीमाविहीन स्वयंसेवक संस्थाको संरक्षणमा रहेका बालबालिकालाई प्रसाद ग्रहण गराइएको हो। बालबालिकालाई प्रसाद खुवाउन पाउँदा आफूहरूलाई समेत आनन्दको अनुभूति भएको आयोजकले बताएका छन्।

आफ्ना दिवंगत आफन्तको सम्झनालाई सामाजिक सेवासँग जोड्दै बालबालिकालाई भोजन गराइएको उनीहरूले बताए। अभिभावकविहीन बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा संस्थाले गर्दै आएको भूमिकाको प्रशंसासमेत गरिएको छ।

कार्यक्रमका लागि सहजीकरण गरिदिएकोमा संस्थाका निर्देशक जनक महरप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन्। साथै संस्थाका अन्य कर्मचारी तथा सहयोगीलाई पनि धन्यवाद दिइएको छ।
कार्यक्रममा सहभागीहरूले सीमाविहीन संस्थाको संरक्षणमा रहेका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य र संरक्षणमा निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।


You must be logged in to post a comment.