अभिनेता नाना पाटेकरको निधन, ४५ मिनेटको प्रयासपछि पनि बचेन ज्यान

नाना पाटेकर का निधन: 45 मिनट तक मौत से लड़े, फिर थम गई सांसें; ‘परिंदा’ से ‘वेलकम’ तक शानदार रहा सफर

एएनआई, पणजी, ८ अक्टूम्बर । भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको बिहीबार बिहान निधन भएको छ। गोवास्थित आफ्नै निवासमा बिहान ५:२० बजे गम्भीर कार्डियक अरेस्ट भएपछि उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर चिकित्सकको प्रयास सफल हुन सकेन।

गोवास्थित मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार पाटेकरलाई घरमै गम्भीर कार्डियक अरेस्ट भएको थियो। लामो समयसम्म पुनर्जीवनको प्रयास गर्दा पनि उनको अवस्था सुधार नभएपछि मृत्यु भएको हो। घटनासम्बन्धी मेडिको–लिगल केस (एमएलसी) दर्ता गरिएको र पोस्टमार्टम गरिने जनाइएको छ।

पाटेकरलाई हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा चिनिन्छ। विश्वनाथ पाटेकर नामले जन्मिएका उनले सन् १९७८ मा ‘गमन’बाट हिन्दी चलचित्रमा अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि ‘सलाम बम्बे!’ हुँदै सन् १९८९ मा प्रदर्शित ‘परिन्दा’ले उनलाई स्थापित अभिनेताका रूपमा चिनायो। ‘परिन्दा’मा ग्याङस्टरको भूमिकाका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए।
‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन्। गम्भीर र दमदार भूमिकाका लागि परिचित पाटेकरले हास्य भूमिकामा समेत दर्शकको मन जितेका थिए।
सन् १९९४ को ‘क्रान्तिवीर’मा गरेको अभिनयका लागि उनले पुनः राष्ट्रिय चलचित्र पुरस्कार पाए। ‘अग्निसाक्षी’का लागि पनि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका उनी तीन राष्ट्रिय चलचित्र पुरस्कार, चार फिल्मफेयर पुरस्कार र दुई फिल्मफेयर मराठी पुरस्कारका विजेता थिए। सन् २०१३ मा उनलाई भारत सरकारले पद्मश्रीबाट सम्मानित गरेको थियो।
अभिनयसँगै पाटेकरले निर्देशन, लेखन र निर्माणमा समेत काम गरेका थिए। ‘प्रहार : द फाइनल अट्याक’ उनले निर्देशन गरेको चर्चित चलचित्र हो। मराठी चलचित्र ‘नटसम्राट’मा उनको अभिनयलाई पनि निकै प्रशंसा गरिएको थियो।
पछिल्लो समय पनि उनी चलचित्रमा सक्रिय थिए। ‘हाउसफुल ५’, ‘ओ रोमियो’ र ‘सुबेदार’लगायतका चलचित्रमा उनी देखिएका थिए।
चलचित्रबाहेक पाटेकर भारतीय प्रादेशिक सेनासँग पनि जोडिएका थिए। उनलाई सन् १९९० मा प्रादेशिक सेनामा मानार्थ कप्तान नियुक्त गरिएको थियो। सन् १९९९ को कारगिल युद्धका क्रममा उनले मराठा लाइट इन्फेन्ट्री रेजिमेन्टमा मानार्थ मेजरका रूपमा सेवा गरेको बताइन्छ।

