घटना

मलेसियामा दुई नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला, अनुसन्धान जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२८ असोज, क्वालालम्पुर । मलेसियामा दुई नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–३ की साङ्गेला मेन्दो तामाङ र सिन्धुपाल्चोककी सन्ध्या तामाङको मृत्युको घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

लोक कल्याणकारी विज्ञापन

प्राप्त विवरणअनुसार, दुवै महिला मलेसियाको पेनाङ राज्यमा कार्यरत थिए। घरबाट पठाइएको सामान लिन जाने भन्दै उनीहरू गत बिहीबार रातिको काम सकेर शुक्रबार सार्वजनिक बस चढी राजधानी क्वालालम्पुर पुगेका थिए।

लोक कल्याणकारी विज्ञापन

क्वालालम्पुर पुगेपछि उनीहरू त्यहाँस्थित एक होटलमा बसेको बताइएको छ। त्यसपछि दुवै महिला शंकास्पद अवस्थामा मृत फेला परेका हुन्।

बिज्ञापन

घटनाको वास्तविक कारण, मृत्युको परिस्थिति र त्यसमा अन्य कसैको संलग्नता भए–नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट थप विवरण प्राप्त हुन बाँकी छ।

मृतक दुवै महिलाको मृत्युको कारणबारे आधिकारिक पुष्टि नभइसकेकाले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन