आस्था /आध्यात्म

आज दसैको नवौ दिन, महाअष्टमीको पूजा पनि दोहोर्‍याइँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २ कात्तिक। यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले आज नवौँ दिन भए पनि महाअष्टमीकै पूजा तथा कर्म गर्नुपर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते महाअष्टमीका दिन गरिएका पूजा तथा धार्मिक कर्म आज सोमबार पनि दोहोर्‍याउनुपर्ने हुन्छ। दसैँघर वा पूजा कोठामा आज पनि नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधना गर्नुपर्ने उनले बताए।

लोक कल्याणकारी विज्ञापन

तिथि वृद्धि भएका कारण नवरात्रको नवौँ दिन परे पनि आज अष्टमीकै विधिअनुसार पूजा तथा अन्य धार्मिक कर्म गर्नुपर्ने समितिले जनाएको छ। आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने स्वीकृत पात्रोमा उल्लेख छ।

बिज्ञापन

अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र दशरात्र बन्न पुगेको छ। यसअनुसार विजयादशमीका दिन लगाइने टीकामा १० रात्रिका जमरा प्रयोग गरिनेछ।

धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक दृष्टिले कुनै फरक पर्दैन। तिथि वृद्धिका कारण उत्पन्न भएको यस अवस्थालाई शास्त्रीय विधिअनुसार नै पालना गर्नुपर्ने उनीहरूको भनाइ छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन