महाराष्ट्रको कल्याणमा ट्रकको ठक्करबाट अछामका धामीको मृत्यु, दुई घाइते
लोक कल्याणकारी विज्ञापन

मुम्बई, २० अक्टूम्बर । भारतको महाराष्ट्रस्थित कल्याणमा ट्रकको ठक्करबाट अछामका कालुसिंह धामीको मृत्यु भएको छ । दुर्घटनामा उनीसँगै मोटरसाइकलमा सवार दुई जना आफन्त घाइते भएका छन् ।
लोक कल्याणकारी विज्ञापन

अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित धामीगाउँका धामीको आइतबार राति करिब १० बजे कल्याणको नेपाली चोक रोडमा मृत्यु भएको हो । उल्हासनगरबाट कल्याणतर्फ जाने क्रममा उनीहरू सवार मोटरसाइकललाई ट्रकले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको बताइएको छ ।
लोक कल्याणकारी विज्ञापन

दुर्घटनामा मुकेश धामी र बलबहादुर धामी घाइते भएका छन् । घाइते बलबहादुरका अनुसार कालुसिंह लामो समयदेखि रोजगारीका सिलसिलामा महाराष्ट्रको उल्हासनगरमा बस्दै आएका थिए । राति खाना खाएपछि आफन्तलाई कल्याणस्थित कोठामा छोड्न जाने क्रममा दुर्घटना भएको हो ।
बिज्ञापन

दुर्घटनापछि ट्रकचालक फरार रहेको र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

