घटना

मुम्बईमा मृ,त भेटिएका नेपाली युवाको पहिचान खुल्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, ७ अक्टूम्बर । भारतको महाराष्ट्रस्थित मुम्बईको बान्द्रा क्षेत्रमा पुलमुनि मृत अवस्थामा फेला परेका नेपाली युवाको पहिचान खुलेको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाका आधारमा मृतकका परिवार तथा आफन्त सम्पर्कमा आएपछि उनको पहिचान खुलेको हो।

लोक कल्याणकारी विज्ञापन

गत सेप्टेम्बर ११ मा बान्द्रा क्षेत्रमा करिब १८ वर्षीय युवक पुलमुनि मृत अवस्थामा फेला परेका थिए। उनको साथमा मोबाइल फोन वा परिचय खुल्ने कुनै प्रमाण नभेटिएपछि तत्काल पहिचान हुन सकेको थिएन।

लोक कल्याणकारी विज्ञापन

घटनाबारे भुल एकता समाज भारतका केन्द्रीय अध्यक्ष पदम भुलबाट जानकारी पाएपछि सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गरिएको थियो। उक्त सूचनाका आधारमा मृतकका आफन्त सम्पर्कमा आएपछि उनको नाम मनिष गिरी रहेको खुलेको हो।

लोक कल्याणकारी विज्ञापन

प्राप्त विवरणअनुसार गिरी बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाका बासिन्दा हुन्। उनका बुवा देवराज गिरी र आमा ममता गिरी हुन्। परिवारका अनुसार उनका आमाबुवा हाल धनगढीमा बस्दै आएका छन्।

मनिष करिब एक वर्षअघि रोजगारीका लागि मुम्बई पुगेका थिए। उनी मुम्बईस्थित एक होटलमा काम गर्दै आएको परिवारले जनाएको छ।

घटनाबारे थप जानकारी लिन तथा प्रहरीबाट आवश्यक विवरण बुझ्न भुल एकता समाज भारतका केन्द्रीय अध्यक्ष पदम भुलसहित आफूहरू बान्द्रा प्रहरी स्टेसन जान लागेको सूचनामा उल्लेख छ। प्रहरीसँगको कुराकानीपछि घटनाको थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

लोक कल्याणकारी विज्ञापन
AD