सहयोग तथा उदार

दिल्लीमा अलपत्र परेका आमा र चार बालबालिकालाई नेपाली सन्त–भक्तले गरे उद्धार, घर फर्काइँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ११ कात्तिक । भारतको दिल्लीमा श्रीमानले अलपत्र पारेपछि सम्पर्कविहीन बनेकी एक महिला र उनका चार नाबालक बालबालिकाको उद्धार गरिएको छ । दिल्ली प्रहरी, सन्त निरंकारी मण्डल नेपालका सहसचिव नरबहादुर बि.क. र हरियाणा निरंकारी सन्त समागममा आएका सन्त–भक्तहरूको पहलमा उद्धार गरिएका उनीहरूलाई आवश्यक समन्वय र आर्थिक सहयोग जुटाएर प्युठानस्थित घर पठाउने तयारी गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

बर्दिया घर भई प्युठान माइती भएकी शर्मिला (नाम परिवर्तन) लाई उनका श्रीमान् बुद्धिराम घर्ती मगरले केही महिनाअघि चार बालबालिकासहित दिल्ली लगेका थिए । पछि श्रीमानले उनलाई दिल्लीमा कोठामा एक्लै छाडेर सम्पर्कविहीन भएपछि उनी समस्यामा परेकी थिइन् ।

लोक कल्याणकारी विज्ञापन

कोठामा बस्दै आएकी शर्मिलालाई घरधनीले कोठा खाली गराएपछि उनी प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि उनले केही समय प्रहरी चौकीमा बिताउनुपरेको थियो । दिल्ली प्रहरीको सहयोग र सन्त–भक्तहरूको समन्वयमा उनको अवस्था पहिचान गरी उद्धार गरिएको हो ।

बिज्ञापन

उद्धार गरिएकी महिलासँग चार नाबालक बालबालिका छन् । उनीहरूलाई दिल्लीबाट कञ्चनपुरको महेन्द्रनगर ल्याइएको छ । अहिले आवश्यक सहयोग जुटाएर उनीहरूलाई सुरक्षित रूपमा प्युठान पठाउने तयारी भइरहेको सन्त निरंकारी मण्डल नेपालका सहसचिव नरबहादुर बि.क.ले बताएका छन् ।

दिल्लीमा अलपत्र परेकी महिला र उनका बालबालिकाको पहिचान तथा उद्धारमा सन्त–भक्तहरूले सक्रियता देखाएका थिए । चार नाबालक बालबालिकासहित अलपत्र परेकी महिलालाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन आवश्यक सहयोग र समन्वय भइरहेको जनाइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन