सहयोग तथा उदार

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने गंगालाई सुदूरपश्चिमेली समाजको २५ हजार ६०० रुपैयाँ सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई १६ कात्तिक । भारतको महाराष्ट्रस्थित मुम्बईको अन्धेरीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–१२, कोलमुडाकी २९ वर्षीया गंगा नागरीलाई सुदूरपश्चिमेली नेपाली समाज भारत, रायगड जिल्ला समितिले आर्थिक सहयोग गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

दुवै मिर्गौलाले काम गर्न छाडेपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी गंगाको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले समाजले २५ हजार ६०० भारतीय रुपैयाँ सहयोग गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

लामो समयदेखि उपचार गराइरहेकी गंगालाई उपचार तथा मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक रहेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै समाजले मानवीय सहयोगस्वरूप उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

बिज्ञापन

समाजका अध्यक्ष अजय विश्वकर्मालगायत पदाधिकारीहरूको उपस्थितिमा गंगालाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । समाजले दुःख र समस्यामा परेका नेपालीलाई सक्दो सहयोग गर्दै आएको जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन