आस्था /आध्यात्म

मुम्बईमा हुने ६०औं निरंकारी सन्त समागममा सहभागी हुनेको विवरण माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १८ कार्तिक । भारतको महाराष्ट्रस्थित मुम्बईमा आयोजना हुने ६०औं निरंकारी सन्त समागममा सहभागी हुन जाने नेपाली सन्त महापुरुषको विवरण संकलन गर्न सन्त निरंकारी मण्डल नेपालले मातहतका शाखाहरूलाई निर्देशन दिएको छ ।

लोक कल्याणकारी विज्ञापन

सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय कार्यालयले २०८३ माघ ९, १० र ११ गते (२३, २४ र २५ जनवरी २०२७) मुम्बईमा आयोजना हुने समागममा सहभागी हुन जाने सन्त महापुरुषको संख्या यकिन गरी पठाउन अनुरोध गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

मण्डलका सचिव अनिल महर्जनले १७ कार्तिकमा जारी गरेको परिपत्रमा प्रमुख, मुखी, सत्संग इन्चार्ज तथा सेवादल अधिकारीहरूलाई आफ्नो स्थानबाट समागममा जाने सन्त महापुरुषको संख्या यकिन गर्न आग्रह गरिएको छ । सहभागीहरूका लागि आवश्यक टेन्टलगायतका आवासीय व्यवस्थापन समयमै मिलाउन विवरण संकलन गर्न लागिएको मण्डलले जनाएको छ ।

बिज्ञापन

परिपत्र अनुसार सम्बन्धित शाखाहरूले कार्तिक २८ गतेभित्र विवरण केन्द्रीय कार्यालय काठमाडौंमा पुग्ने गरी पठाइसक्नुपर्नेछ । सहभागीको संख्या समयमै प्राप्त भएमा समागमस्थलमा आवश्यक आवासीय तथा अन्य व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सतगुरु माता सुदीक्षा जी महाराजको कृपाले आयोजना हुन लागेको उक्त समागममा नेपालका विभिन्न स्थानबाट ठूलो संख्यामा सन्त महापुरुष सहभागी हुने अपेक्षा गरिएको छ । त्यसका लागि मण्डलले स्थानीय तहका सत्संग केन्द्र तथा सेवादलमार्फत सहभागीको विवरण संकलन गर्ने प्रक्रिया अघि बढाएको हो ।

तीन दिनसम्म सञ्चालन हुने समागममा देश–विदेशबाट आउने सन्त महापुरुषको सहभागिता रहनेछ । समागममा सहभागी हुन इच्छुकहरूले आफ्नो क्षेत्रका सम्बन्धित मुखी, सत्संग इन्चार्ज वा सेवादल अधिकारीमार्फत नाम तथा संख्या दर्ता गराउन सक्नेछन् ।

सन्त निरंकारी मण्डल नेपालले सबै शाखालाई तोकिएको समयसीमाभित्र सही र यकिन विवरण उपलब्ध गराई समागमको व्यवस्थापनमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन