घटना

एकछिनको रमाइलोले बालबालिकाको ज्यान जोखिममा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । तिहारमा पटका पड्काउने क्रममा हुने दुर्घटनाले बालबालिकाको ज्यानै जाने जोखिम बढाउँछ । गत वर्ष दीपावलीका बेला दैलेखमा पटका पड्काउँदा १३ वर्षीय बालकको मृत्यु भएको थियो भने झापामा अर्का ६ वर्षीय बालक घाइते भएका थिए ।

दैलेखको आठबीस नगरपालिका–३ साइगाउँका भीम कठायतका १३ वर्षीय छोरा भूपेन्द्र कठायतको रकेट बम नामक पटका पड्काउने क्रममा मृत्यु भएको थियो । पटका विस्फोट हुँदा त्यसको छर्रा छातीमा लागेर गम्भीर चोट पुगेपछि उनको ज्यान गएको थियो ।

लोक कल्याणकारी विज्ञापन

त्यस्तै, झापाको दमक नगरपालिका–६ मा पटका पड्काउने क्रममा ६ वर्षीय बिदम अग्रवाल घाइते भएका थिए । पटका पड्काउँदा अनुहारमा चोट लागेपछि उनलाई सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि भारत रिफर गरिएको थियो ।

बिज्ञापन

यी घटना गत वर्षका हुन् । तर, तिहार नजिकिँदै गर्दा यस्ता दुर्घटनाले यस वर्ष पनि सावधानी अपनाउनुपर्ने सन्देश दिएका छन् । पटका पड्काउने, झिरझिरे बाल्ने र विस्फोटक सामग्री प्रयोग गर्ने क्रममा विशेषगरी बालबालिका बढी जोखिममा पर्ने गरेका छन् ।

तिहार उज्यालो र खुसीको पर्व हो । तर, क्षणिक मनोरञ्जनका लागि पटका पड्काउँदा बालबालिकाको ज्यानै जान सक्ने भएकाले अभिभावकले उनीहरूको गतिविधिमा निगरानी गर्न आवश्यक छ । बालबालिकाले कस्ता सामग्री प्रयोग गरिरहेका छन् भन्नेमा ध्यान दिनुका साथै पटका प्रयोग नगर्न सम्झाउनुपर्छ ।

एकछिनको रमाइलोले परिवारलाई जीवनभरको पीडा दिन सक्छ । त्यसैले तिहारको खुसीलाई दुर्घटनामा बदलिन नदिन अभिभावक र बालबालिका दुवै सचेत हुन जरुरी छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन