आस्था /आध्यात्म

टीकापुरमा बृहत् सत्संग भवन निर्माणको शिलान्यास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ज्ञान प्रचारक महात्मा विनोद वोहराद्वारा फाउरोले माटो खनेर भवनको शिलान्यास

लोक कल्याणकारी विज्ञापन

टीकापुर, ७ मंसिर । टीकापुरस्थित सन्त निरंकारी सत्संग भवन परिसरमा निर्माण हुन लागेको बृहत् सत्संग भवनको आज शिलान्यास गरिएको छ । दिल्लीबाट नेपाल आउनुभएका ज्ञान प्रचारक महात्मा बिनोद वोहराजीले फाउरोले माटो खनेर भवन निर्माणको शिलान्यास गर्नुभएको हो ।

सत्संग भवनको छेउमा रहेको खाली जग्गामा निर्माण गरिने उक्त भवनलाई आध्यात्मिक गतिविधि, सत्संग, मानव एकता, प्रेम, सद्भाव र सेवाको भावनालाई विस्तार गर्ने साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणले टीकापुर क्षेत्रका सन्त भक्तहरूलाई सत्संग तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्न थप सहज र व्यवस्थित स्थान उपलब्ध हुने अपेक्षा गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

शिलान्यास कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटाला, टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारी, फोटो पत्रकार दीपक रावल, अमरावती भवनका सञ्चालक, टीकापुर क्षेत्रका सेवादल सञ्चालक बलबहादुर सार्की, सेवादल सञ्चालिका जुनीदेवी रावललगायत सेवादलका भाइबहिनी तथा सन्त भक्तहरूको बाक्लो उपस्थिति रहेको थियो ।

शिलान्यासका क्रममा ज्ञान प्रचारक महात्मा विनोद वोहराले भवन निर्माणको महत्व र यसको आध्यात्मिक उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले सत्संग भवनलाई केवल भौतिक संरचनाका रूपमा नभई मानवलाई परमात्मासँग जोड्ने, आपसी प्रेम र सद्भाव बढाउने तथा आध्यात्मिक चेतना जागृत गराउने माध्यमका रूपमा लिनुपर्ने बताउनुभएको थियो । भवन निर्माणमा सबैको सामूहिक सहभागिता, सेवा, समर्पण र सहयोगले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

सन्त निरंकारी मिशनले मानव एकता, विश्वबन्धुत्व, प्रेम र सद्भावको सन्देश प्रवाह गर्दै आएको छ । सतगुरुको शिक्षाअनुसार जात, धर्म, भाषा, क्षेत्र र अन्य भिन्नताभन्दा माथि उठेर सम्पूर्ण मानवलाई एउटै परिवारका रूपमा स्वीकार गर्ने भावनालाई सत्संगमार्फत व्यवहारमा उतार्ने प्रयास गरिन्छ ।

टीकापुरमा निर्माण हुन लागेको बृहत् सत्संग भवनले आगामी दिनमा नियमित सत्संग, आध्यात्मिक प्रवचन, सेवा गतिविधि तथा विभिन्न मानव कल्याणकारी कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । भवन निर्माणलाई सामूहिक सेवा र समर्पणको अभियानका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

आज टीकापुरमा आयोजित सत्संग कार्यक्रममा दिल्लीबाट आउनुभएकी महात्मा रानी वोहरा जीले भवन निर्माणका लागि आफ्नो तर्फबाट रु. ६ हजार ८ सय ६५ बिल्डिङ फन्ड सहयोग गर्नुभएको थियो । टीकापुरमा निर्माण हुन लागेको बृहत् सत्संग भवनका लागि स्थानीय सन्त भक्तहरूले पनि आ–आफ्नो तर्फबाट विशेष बिल्डिङ फन्ड संकलन गरी सहयोग गर्ने भएका छन् । यसरी सबैको सामूहिक सेवा, सहयोग र समर्पणबाट भवन निर्माण कार्यलाई अघि बढाइनेछ ।

बिज्ञापन