घटना

रोमानियाको तालमा नेपाली युवक मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रोमानिया, ९ मंसिर । युरोपेली मुलुक रोमानियाको आर्जेस जिल्लास्थित क्यालिनेस्टीमा रहेको एक प्राविधिक तालमा ३१ वर्षीय नेपाली युवकको शव फेला परेको छ । स्थानीय कृषि कम्पनीमा कार्यरत उनी नोभेम्बर २२ देखि सम्पर्कविहीन भएका थिए ।

लोक कल्याणकारी विज्ञापन

रोमानियाली सञ्चारमाध्यमका अनुसार युवक नोभेम्बर २२ को बिहान आफू बस्दै आएको स्थानबाट निस्किएपछि सम्पर्कमा आएका थिएनन् । उनको खोजी गर्ने क्रममा तालमा झोला फेला परेपछि प्रहरी र उद्धारकर्मीले खोजी तीव्र पारेका थिए । खोजीका क्रममा सोही तालमा उनको शव फेला परेको हो ।

घटनाबारे रोमानियाली प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतकको मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण (अटोप्सी) गरिने जनाइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रहरीले मृतकको नाम सार्वजनिक गरेको छैन । उनको मृत्यु दुर्घटना, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्नेबारे पनि अनुसन्धानबाट खुल्न बाँकी छ ।

बिज्ञापन