गोरखामा १४ जना प्रहरीमा कोरोना पुष्टि

असोज ,२३
गोरखाका कार्यरत थप १४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
उनिहरुको असोज २० गते नमुना संकलन गरी परिक्षणका लागि पठाएको १४ जना प्रहरीमा शुक्रबार पोजेटिभ आएको गोरखा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।

यस्तैगरी गत सोमबार गोरखा नगरपालिका -११स्थित बाहकिलो प्रहरी चौकीमा कार्यरत ८ प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक गरि जम्मा ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा १४ जना प्रहरीमा शुक्रबार संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ शाखाले जनाएको छ।
सोमबार कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई बाहकिलो प्रहरी चौकीमा आइसोलेसन बनाएर राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
