बिश्वस्वास्थ तथा सरसफाइ

वातावरण खराबी र सडकमा उड्ने धुलोले रुघाखोकीका बिरामी हरुमा वृद्धि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत २३ कैलाली
पछिल्लो समयमा देखिएको खराव वातावरण र सडकमा उढ्ने धुलोकाकारण रुघाखोकीका बिरामी हरुमा वृद्धि भएको छ।

बिहान साँझ चिसो हुने र दिनमा प्रचण्ड गर्मी हुने गरेको मौसम र सडकमा उड्ने धुलोका कारण बालबालिका तथा बृद्धअबश्थाका व्याक्तीहरुमा यसको गम्भीर असर परेको स्वास्थ विज्ञान तथा वातावरण सरोकारवाला हरुको भनाइ रहेको छ।

बिज्ञापन

विभिन्न अस्पताल हरुमा देखिएको बिरामी हरुको घुइँचो मध्य अधिकान्स बिरामीहरुमा रुघाखोकी एलर्जी ज्वरो ,निमोनिया देखिएको अस्पतालमा कार्यरत स्वस्थ कर्मी हरुको तथ्यले देखाएको छ।

देश भरि तिब्र रुपमा भैरहेको सडक विस्तारको कामले गर्दा जताततै सडक खनेर काम भैरहेको र हावाहुरी आउने मौसम रहेकोले धुलो धेरै उढ्ने र उक्त धुलोले स्वास्थमा असर पारेको भनी कैलाली सत्ती बस्ने ७७ बर्षिय पद्मराज ढुंगाना बताउनु हुन्छ ।

साथै जलवायु परिवर्तनका कारण बिहान साझ चिसो हुने र दिनमा प्रचण्ड गर्मी हुने गरेकोले पनि मानवीय स्वास्थमा प्रतिकूल असर परेको छ उक्त कुरालाई लक्षित पछिल्लो समयमा वायुमण्डलमा देखापरेको अस्वभाविक वातावरणिय परिस्थितिका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा जारी एक प्रेस विज्ञप्तिजारी गर्दै वि चैत १७ देखी २०गते सम्म विद्यालय हरुको विदा दिएको थियो ।

आज सम्म पनि वातावरणमा भने कुनै सुधार भएको छैन थप खराबी देखिदैन आएको छ । सबैले सावधानी अपनाउन जरुरी छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply