सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

महामारीविरुद्धको लडाइँमा सुदुरपश्चिम बाट फोकल मन्त्री तोकिए :भट्ट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख १९ कैलाली नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिए संगै संघीय सरकारले महामारी रोकथाम, तथा नियन्त्रणका लागि हरेक प्रदेशमा संयोजक तोकेको छ भने सुदुरपश्चिम प्रदेशको निम्ति उद्योग मन्त्री लेखराज भट्ट संयोजक तथा फोकल मन्त्री तोकिएका हुन

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरि महामारीविरुद्धको लडाइमा जरुरत पर्ने लजिष्टिक लगायतका सहयोगको लागि संघीय सरकारले फोकल मन्त्री तोकेको हो ।

बैठकले प्रदेश नम्बर १ को संयोजकमा भूभि व्यवस्थामन्त्री डा: शिवमाया तुम्बाहाम्फे लाइ तोकिएका छन भने प्रदेश नम्बर २ को संयोजकमा शहरी विकास मन्त्री प्रभु साह तोकिएका छन् ।

त्यसैगरी वागमती प्रदेशमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तोकिएका छ्न गण्डकीमा कृषिमन्त्री पद्मा अर्याल, लुम्बिनीमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, कर्णाली प्रदेशमा वनमन्त्री प्रेम आले तोकिएका छ्न।

यसरी तोकिएका फोकल मन्त्री हरुले तोकिएको प्रदेशमा महामारी रोकथाम संगै मानवीय समस्या प्रति निगरानी राख्दै सरकार संग रिपोर्टिङ गर्ने र आवस्यक औसधि अक्सिजन लगायत आपूर्ति उपलब्धतामा सहजीकरण गर्दै नागरिकलाई महामारी बाट जोगाउन कार्य गर्ने संघीय सरकारको आइतबार बसेको परिषदको बैठकले निर्णय गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply