टीकापुर

एन टी सि बाट कुराकानी हुदैन पैसा काटीन्छ उपभोक्ता लाई मर्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख २० टीकापुर //नेपाल टेलिकमको नेटवर्क खराबीका कारण टीकापुर क्षेत्रका टेलिकमका उपभोक्ता हरुको आफन्त हरु संग कुराकानी गर्न टेलीफोन गर्दा कुराकानी नहुने तर मोबाइल तथा टेलीफोनमा रहेको पैसा काटीने गरेकोले उपभोक्ता लाई मर्का परेका छ।

लोक कल्याणकारी विज्ञापन

कोभिड-१९ को नयाँ भेरियन्टले धेरै व्याक्ती हरुको ज्यान लिएको यस्तो अवस्थामा संचारको प्रमुख माध्यम मानिने नेपाल टेलिकमको समस्याका कारण टीकापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने नागरिक हरुको भने ४ दिन देखी आफन्त संग कुरा हुन सकेको छैन बाहिर लकडाउन घरबाट कतै सम्पर्क नहुने समस्याले एक दुई किलोमीटर टाढाको सुखद दु:खद समाचार सुन्न पनि नमिल्ने स्थिति रहेको स्थानीयको गुनासो रहेको छ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर १ व्यावसाय क्षेत्र बस्ने चन्द्र देव भट्टराई भन्छन:मोबाइल बाट सम्पर्क गर्दा गड्याङ गुडुङ जस्तो हुन्छ मोबाइलमा रहेको पैसा कटिन्छ तर राम्रो कुराकानी हुदैन यो भन्दा बरु नेटवर्क नै काटेको भए पैसा काटिने थिएन यात यो समस्याको समाधान भएर कुराकानी राम्रो सुनिने भएको भए राम्रो हुन्थ्यो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply