टीकापुर

सिटिजन लाइफ इन्स्योरेन्स बाट दावी गरेको दुई दिन मै बिमितले पाए उल्लेखित लाभ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेठ २६ टीकापुर
सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लि. टीकापुर शाखाबाट बीमा गरेकी श्रीमति शोभा कु. बम को कोरोना को कारण मृत्यु भएको पछि बीमितका अभिकर्ताले अनलाईन बाटै दावी प्रकृया अगाडि बढाएका थिए। कम्पनीको वेबसाइटमा रहेको अभिकर्ता पोर्टल लग इन गरि आवश्यक कागजातहरु स्क्यान गरि अप्लोड गरेपछि आवश्यक विवरणहरु भरेर दुई वैकिङ् दिनमै बीमामा उल्लेख भए अनुसारको लाभ दाबीकर्तालाई दिइएको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बम(खत्री) को जेठ १७ गते रात्रि टीकापुर अस्पताल मृत्यु भएपछि उनका श्रीमान ध्रुब राज खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लि. मा गरेको जीवन विमा को दाबी फर्चौट भरपाइमा हस्ताक्षर गराउन कम्पनीका क्षेत्रीय शाखा प्रबन्धक केशव राज गिरि बिमितको घर सम्म पुगि उल्लेखित लाभ रकम १० लाख, बौनस रकम ३५ हजार तथा काजकृया खर्च बापत ५० हजार गरि जम्मा १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुब बहादुर खत्री को बैकं खातामा अनलाइन मार्फत जम्मा गरिएको जानकारी गराउनु भयो।

बिमितले मात्र एक किस्ता बराबरको ७८ हजार रकम जम्मा गरेको अर्को किस्ता भर्ने समय अगावै बिमितको निधन भएकोले दाबी गरेको र दाबी भुक्तानी बापत को रकम आफ्नो खातामा आइसकेको कुरा बिमितका श्रीमान ध्रुब राज खत्रीले मालीका समाचार लाई जानकारी गाराए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply